सरु अर्थात् बाइकको डाक्टर !

ठमाडौं- रातोपुलमा रहेको 'आशिष मोटरसाइकल वर्कशप'की सरस्वती सुवाल अर्थात् सरु बाइक मेकानिक हुन् ।

केही दिनअघि लोकान्तरकर्मी वर्कशपमा पुग्दा उनी बाइक बनाउँदै गर्दा भेटिइन् ।भन्छिन्, 'आफ्नो काम गरेर आफ्नो खुट्टामा उभिन पाउँदा गौरवान्वित छु ।' 

कसरी सिक्नुभयो त बाइक ? भन्ने लोकान्तरको प्रश्नमा उनले आफू बाइक मेकानिक बन्नुमा पति आशिषको ठूलो साथ र सहयोग रहेको बताइन् । 

'सिक्छु भनेर सिकेको त होइन,' उनले थपिन्, 'पतिलाई सहयोग गर्दागर्दै उहाँले सिकाउनुभयो ।'

उनको भनाइ मान्ने हो भने कोठा वरपरका महिलाहरू घाम तापेर बस्थे, अरूको कुरा काट्थे । तर उनलाई मन पर्दैनथ्यो ।

प्रकाशित मिति: : 2019-11-30 19:08:08

प्रतिकृया दिनुहोस्