यस्तो देखियो १३ औं साग उद्घाटन समारोहको 'रिहर्सल' (भिडियोसहित)

बिएल

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन समारोहको शुक्रबार रिहर्सल गरिएको छ। सागको उद्घाटनको दुई दिनअघि दशरथ रंगशालामा रिहर्सल गरिएको छ।

सागलाई भव्य बनाउने उद्देश्यले एक समारोहकाबीच सेना, प्रहरी तथा विद्यार्थीले उद्घाटनको रिहर्सल गरेको हो। सागका लागि त्रिपुरेश्वरमा रहेकाे दशरथ रंगशाला अहिले सिंंगारिएको छ। मैदानभित्र चिटिक्क पारिए पनि परिसर भने अझै सफाइ गर्न १ दिन लाग्ने राखेपले जनाएको छ।

काठमाडौं, पोखरा र जनकपुरमा मंसिर १५ देखि २४ गतेसम्म हुने साग प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आइतबार दशरथ रंगशालामा एक विशेष समारोहबीच उद्घाटन गर्नेछिन्।

करिब सवा तीन घण्टाको उद्घाटन सत्रमा सहभागी मुलुकका खेलाडीको मार्च पासका अतिरिक्त नेपालको इतिहास, वर्तमान र भविष्यको मार्गनिर्देश गर्ने सन्देशसहितको विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ।

उद्घाटन समारोहमा १५ हजारभन्दा बढी दर्शकको सहभागिता रहनेछ। पोखरामा ८ खेल र जनकपुरमा १ खेल बाहेक अरु सबै खेल काठमाडौंमा हुनेछ।

यसैबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सागको आवश्यक सबै तयारी पूरा भएको जानकारी दिएको छ।

सागको लागि आवश्यक भौतिक संरचना निर्माण पूरा भएका छन्। दशरथ रंगशालाको मर्मत कार्यले बिहीबार रातिसम्म पूर्णता पाउनेछ। सातदोवाटो स्थित हिटिङ सिस्टमको पौडी पोखरी शनिबार खेल्नका लागि तयार हुनेछ। पोखरीमा शुक्रबार पानी राखिनेछ। पोखराको रंगशालामा पनि खेल्न सुरु गरिएको छ ।सागमा विशेष गरी फुटबल, क्रिकेट, भलिबल र बास्केटबल खेलमा दर्शक शुल्क राखिएको छ। र दर्शकले ई–सेवा मार्फत टिकट किन्न सक्ने ब्यवस्था गरेको छ। मंसिर १५ गते हुने सागको उद्घाटन र २४ गतेको समापनमा जोर र विजोर नम्बर प्लेटको गाली चलाउन आग्रह गरिने पनि बताईएको छ। दक्षिण एसियाली महादेशीय खेल कुम्भमेलाको रुपमा आयोजित सागमा विभिन्न २६ खेल समावेश गरिएको छ।

 

 

प्रकाशित मिति: : 2019-11-30 16:25:06

प्रतिकृया दिनुहोस्