१३ औं साग: नेपालको झण्डा भारतोलन खेलाडी कमलबहादुरले बोक्ने

फाइल तस्बिर: बिएल

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा नेपालको राष्ट्रिय झण्डा भारतोलन खेलाडी कमलबहादुर अधिकारीले बोक्ने भएका छन्। यसअघि नेपालका पूर्वकप्तान पारस खड्काको पनि नाम सिफारिस भएको थियो। कमलको नाम बैकल्पिकमा थियो।

खेलाडीले खेल जीवनमा प्राप्त गरेको सफलता र देशको शीर उच्च बनाउन पुर्‍याएको योगदानको आधारमा ठूला खेलकुद प्रतियोगितामा देशको नेतृत्व गर्दै झण्डा बोक्न दिइन्छ। यसपटक त्यो अवसर क्रिकेटर पारसलाई प्रदान गरिएको थियो। तर,नेपाल ओलम्पिक कमिटीले अन्तराष्ट्रिय अनुभव, पदक र ओलम्पिक सहभागिताका आधारमा कमललाई झण्डा बोक्न दिने निर्णय गरिएको जनाएको छ।

पारसकै कप्तानीमा नेपालले सन् २०१४ को टी–२० विश्वकप क्रिकेट खेलेको थियो। उनकै कप्तानीमा नेपालले डिभिजन पाँच हुँदै एकदिवसीय राष्ट्रको मान्यता पाएको कारण पारसलाई राष्ट्रिय झण्डा बोक्न दिने तयारी गरिएको थियो।

प्रकाशित मिति: : 2019-11-30 15:25:53

प्रतिकृया दिनुहोस्