बाँकेको खजुरामा बावुद्वारा छोरी बलात्कृत

प्रतिकारत्मक तस्बिर

बाँकेको खजुरा गाउँपालिकामा बावुद्वारा छोरी बलात्कृत भएकी छन्।

इलाका प्रहरी कार्यालय धनौली इन्चार्ज प्रहरी निरीक्षक पोषणराज थपलियाका अनुसार ४२ वर्षीय बावुले १५ वर्षीया माइली छोरीलाई बलात्कार गरेका हुन्।

गत १२ असारमा भएको बलात्कारको घटना १० मंसिरमा पीडितकी आमाले छोरीका तर्फबाट इप्रकामा जबरजस्ती हाडनाता करणीको जाहेरी दिएपछि घटना सार्वजनिक भएको हो।

प्रहरीले सोही दिन अभियुक्त बावुलाई पक्राउ गरी जिल्ला अदालत बाँकेबाट अनुसन्धानका लागि सात दिनको म्याद पाएको छ।

कक्षा ९ की विद्यार्थी बालिका बलात्कारको घटनापछि विद्यालय जान छोडेकी छन्। प्रहरीले बालिकालाई पुनः विद्यालय पठाउन मानव अधिकारकर्मी र सामाजिक मनोपरामर्शदाताको सहयोगमा लिइरहेको जनाएको छ।

यस्तो कसुरमा चौध वर्ष वा चौध वर्षभन्दा बढी सोह्र वर्षभन्दा कम उमेरकी बालिका भए बाह्र वर्षदेखि चौध वर्षसम्म कैदको व्यवस्था छ भने हाडनातामा करणीको महलमा बावुले छोरी करणी गर्दा जन्मकैद (२५ वर्ष) को व्यवस्था छ।

प्रकाशित मिति: : 2019-11-30 14:57:43

प्रतिकृया दिनुहोस्