पर्सामा टिप्परले टेम्पुलाई ठक्कर दिँदा ६ जना घाइते

फाइल तस्बिर: बिएल

पर्साको सखुवाप्रसौनि लखनपुर नहरचौकमा टिप्परले टेम्पुलार्ई ठक्कर दिँदा ६ जना घाइते भएका छन्।

शनिबार ना ७ ख ८७१६ न को टिप्परले ना २ ह २७३३ न को टेम्पुलाई ठक्कर दिँदा टेम्पुमा सवार ६ जना घाइते भएका हुन्। घाइते हुनेहरुमा पटेर्वा सुगौलिका जोगिन्द्र यादव,रामवाबु शाह कानु, सन्तोषि देवि, लालमुनि यादव, धिरज यादव, ललसा देवि यादव लगायत रहेका छन्।

घाइतेहरुको वीरगञ्जको नारायणी अस्पतालमा उपचार भइरहेको छ।

ठक्कर दिने टिप्पर र चालक इलाका प्रहरी कार्यालय पोखरियाको नियन्त्रणमा रहेका छ।

प्रकाशित मिति: : 2019-11-30 14:12:50

प्रतिकृया दिनुहोस्