पीपीएलमा सन्दीपको कप्तानी पद खोसियो

बिएल

दोस्रो सिजनको पोखरा प्रिमियर लिग (पीपीएल) फ्रेन्चाइज टोली विराटनगर टाइटन्सबाट कप्तान लेग स्पिनर सन्दीप लामिछानेले नखेल्ने भएका छन्।

सन्दीपले बिग ब्यासको कारण पीपीएल नखेल्ने भएका हुन्। बिग ब्यास लिग डिसेम्बर १७ देखी ८ फ्रेबुअरीसम्म चल्ने छ। सन्दीप मेलबर्न स्टार्सबाट खेल्ने छन्।

सन्दीपले विराटनगरबाट नखेल्ने भएसँगै उनको कप्तानी समेत खाेसिएको छ। अब विराटनगरले नयाँ कप्तानको रुपमा सिनियर टोलीका ओपनर तथा विकेटकीपर प्रदीप ऐरीलाई जिम्मेवारी दिएको छ।

गत वर्ष विराटनगरको कप्तानी सम्हालेका सन्दीपले विराटनगरलाई ५ खेलमा ४ मा हार र १ मा जित दिलाएका थिए। उनको टिम पुछारमा रहेर बाहिरिएको थियो। यस्तै अन्य पाँच टोलीले भने कप्तान परिवर्तन गरेका छैनन्।

काठमाडौं गोल्डेन वारियर्सले सिनियर टोलीका कप्तान ज्ञानेन्द्र मल्ल एक्सपर्ट धनगढीले सिनियर टोलीका उप कप्तान दिपेन्द्र सिंह ऐरी, चितवन राइनोजले पारस खड्का र बुटवल ब्लास्टर्सले सोमपाल कामीलाई यथावत दिएका छन्। त्यस्तै गत वर्षको विजेता पोखरा पल्टनले शरद भेषावकरलाई नै कप्तानमा निरन्तरता दिएको छ।

पीपीएल मंसिर २८ देखी पुष १२ सम्म पोखरा रंगशाला मैदानमा हुने छ।

प्रकाशित मिति: : 2019-11-29 07:57:12

प्रतिकृया दिनुहोस्