त्रिभुवन विमानस्थलबाट ८ किलो अवैध सुनसहित चिनियाँ नागरिक पक्राउ

बिएल

त्रिभुवन विमानस्थलबाट ८ किलो अवैध सुनसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चेन नाम भएका चिनियाँ नागरिक रहेका छन्।

बिहीबार राती हंगकंग आरए ४१० को नेपाल एयरलाइन्सबाट नेपाल आएका उनलाई उक्त सुनसहित विमानस्थल भन्सार कार्यलय तथा नेपाल प्रहरीले पक्राउ गरेको हो।

समातिएका चिनियाँ नागरिक चीनको फुजियान प्रान्तका नागरिक हुन्।

प्रकाशित मिति: : 2019-11-29 07:40:09

प्रतिकृया दिनुहोस्