प्रधानमन्त्री अस्पतालमा : राष्ट्रपतिले भेटिन्, प्रतिपक्षी नेता त्यतिकै फर्काइए

राष्ट्रपतिलाई भेट्न दिइयो, प्रतिपक्षी नेता त्यत्तिकै फर्काइए : सन्देश त राम्रो गएन नि । तस्बिर : सामाजिक सञ्जाल

एपेन्डिसाइटिसको शल्यक्रिया गरेर स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको हालचाल बुझ्न बुधबार दुई भीभीआईपी अस्पताल पुगे। शिक्षण अस्पतास्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुग्नेमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा थिए।

केही समय अघिपछि पारेर अस्पताल पुगेकामध्ये राष्ट्रपति विद्यादेवी भण्डारीले भने प्रधानमन्त्री ओलीलाई भेटेर १५ मिनेट भलाकुसारी गर्ने अवसर पाइन् । तर, प्रमुख प्रतिपक्षी दलका नेता देउबालाई भने भेटघाट गर्न नै दिइएन । उनलाई प्रधानमन्त्रीको स्वास्थ्यको कारण देखाएर भेट्न नदिइएको प्रधानमन्त्री ओलीको सञ्चार सल्लाहकार सूर्य थापा आफैले बताएका छन् ।

देउबालाई प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर भेट्न दिइएन भने भण्डारीलाई स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर नै भेटन् दिइयो । आखिर त्यो कस्तो स्वास्थ्य अवस्था हो जो आफ्नो पार्टीकी पूर्व उपाध्यक्ष रहेकी राष्ट्रपतिलाई हेर्न मिल्यो र प्रतिपक्षी पार्टीका नेतालाई भने हेर्न मिलेन? यस कोणबाट पनि प्रश्न उठेको छ।

सञ्चार सल्लाहकार थापाले नै राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई भेटेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको पुष्टी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत् हस्तलिखित जानकारी सार्वजनिक गरेका हुन् ।

देउबालाई प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर भेट्न दिइएन भने भण्डारीलाई स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर नै भेटन् दिइयो । आखिर त्यो कस्तो स्वास्थ्य अवस्था हो जो आफ्नो पार्टीकी पूर्व उपाध्यक्ष रहेकी राष्ट्रपतिलाई हेर्न मिल्यो र प्रतिपक्षी पार्टीका नेतालाई भने हेर्न मिलेन? यस कोणबाट पनि प्रश्न उठेको छ।

केही जिज्ञासुले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था गम्भीर नै भएकाले प्रमुख प्रतिपक्षी दलका नेतालाई भेट्न नदिइएको अनुमान गरे। अरू केहीले यसको सन्देश राम्रो नजाने तर्क गरे। राजनीतिक प्रतिद्वन्दिता आफ्नो ठाउँमा राखेर मानवीयताका हिसावले विरामी प्रधानमन्त्रीलाई हेर्न जाँदा त्यसै फर्काइनु राम्रो नभएको उनीहरूको तर्क थियो।

प्रकाशित मिति: : 2019-11-29 06:05:34

प्रतिकृया दिनुहोस्