शौचका लागि भीरमा गएका चालककाे लडेर मृत्यु

बिएल

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सुकौंरामा भीरबाट लडेर १ जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा ३२ वर्षीय सुरेश थापा मगर छन्।

मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहका अनुसार, मकवानपुरबाट बा २० च ५९३९ नम्बरको बोलेरोमा माछा बोकेर काठमाडौं जान लागेका उनी झरना होटल नजिककाे सडक छेउमा पिसाब फेर्न गएका थिए।

इन्द्रसरोवर गाउँपालिका–१, मार्खुका मगरको शव पोस्टमार्टमका लागि हेटौंडा ल्याउने तयारी भइरहेको प्रहरी उपरीक्षक सिंहले बताए।

प्रकाशित मिति: : 2019-11-26 11:38:07

प्रतिकृया दिनुहोस्