‘राम मन्दिर’को बिषयमा ‘अपराजित अयोध्या’ बनाउँदै कंगना

फाइल तस्बिर

नायिका कंगना रनावत अब चलचित्र निर्माण गर्दैछिन्। कंगनाले लामो समयदेखि चर्चामा रहेको राम मन्दिर विवादको बिषयमा चलचित्र बनाउने भएकी छिन्।

उनले ‘अपराजित अयोध्या’ नाममा चलचित्र निर्माण गर्दैछिन्, जसको लागि उनले भारतको टप स्टूडियोसँग कुराकानी पनि अगाडि बढाइसकेकी छिन्।

कंगनाले भारतीय मिडियासँग भनेकी छिन्–‘८० को दशकमा जन्मिएकाले पनि मैले यो बिषयको बारेमा सुन्दै आएको छु। किनकी, जुन भूमीमा यस्ता राजाको जन्म भयो, जो बलिदानको प्रतिक थिए। उनको बिषय नै विवादित बन्न पुग्यो।’

यो चलचित्रलाई ‘बाहुवली’का लेखक के.वी. विजयेन्द्र प्रसादले लेख्नेछन् । कंगना राम भक्तहरुको अटुट विश्वासका लागि यो चलचित्र गर्ने बताएकी र्छिन्।

प्रकाशित मिति: : 2019-11-26 08:43:36

प्रतिकृया दिनुहोस्