नखेल्ने भयो पाकिस्तानले महिला भलिबल

फाइल तस्बिर

नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा पाकिस्तानले नाम फिर्ता लिएको छ।

नेपाल भलिबल संघका एक पदाधिकारीले महिला भलिबलमा पाकिस्तानले सहभागिता नजनाउने पक्का भएको जानकारी दिए।

अब सागको महिला भलिबलमा ५ टिमले मात्र प्रतिस्पर्धा गर्नेछ। महिला भलिबलमा नेपालसहित भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंकाले प्रतिस्पर्धा गर्ने छन्।

यस अघि सार्वजनिक गरिएको खेल तालिका अनुसार पाकिस्तान समूह बी मा रहेको थियो। उक्त समूहमा माल्दिभ्स र श्रीलंका पनि रहेका थिए।

नेपालको समूह समूह ए मा भने भारत र बंगलादेश रहेको छ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा हुने भलिबलको खेल बुधबारबाट सुरु हुनेछ।

प्रकाशित मिति: : 2019-11-25 17:51:29

प्रतिकृया दिनुहोस्