साग खेल्ने विदेशी खेलाडीको ५ लाखको दुर्घटना बिमा

फाइल तस्बिर

१३ औं दक्षिण एसियाली खेलकुद (साग) का सहभागी सबै विदेशी खेलाडी तथा खेलकर्मीलाई आयोजकले जनही पाँच लाख रुपैयाँ बराबरको दुर्घटना बिमा गरेको छ। नेपाली खेलाडी प्रशिक्षक र अफिसियलको भने यसअघि नै १० लाख बराबरको बिमा भइसकेको छ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाल र आइएमइ जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकरी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बिमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

यसैगरी सागमा सहभागी हुने नेपाली खेलाडीलाई मंगलबार प्रधानमन्त्रीले सम्बोधन गर्ने, विशेष प्याकेज घोषणा गर्ने र एभीसी सेन्ट्रल जोनका विजेतालाई पुरस्कृत गर्ने कार्यक्रम रहेको सदस्य सचिव सिलवालले जानकारी दिए।

प्रकाशित मिति: : 2019-11-25 15:40:32

प्रतिकृया दिनुहोस्