अञ्जु पन्तको आवाजमा ‘हजुरको खुशीमा’ सार्वजनिक

फाइल तस्बिर

चर्चित गायिका अञ्जु पन्तको आवाजमा रहेको ‘हजुरको खुशीमा’ नयाँ गीत सार्वजनिक गरिएको छ।

प्रेमको भावना समेटिएको आधुनिक गीतमा पुष्प श्रेष्ठको शब्द तथा संगीत रहेको छ।

यस्तै गीतको भिडियोमा कृष्टि, निदेश र सुस्मिताले अभिनय गरेका छन् भने दीपक गिरीले खिचेका छन्।

भिडियोको सम्पादन र निर्देशन निशान्त एसकेले गरेका हुन्।

 

प्रकाशित मिति: : 2019-11-25 13:06:48

प्रतिकृया दिनुहोस्