रसुवागढी नाकाबाट करिब १ केजी सुनसहित २ महिला पक्राउ

प्रतिकात्मक तस्बिर

रसुवागढी नाकाबाट करिब १ केजी सुनसहित २ महिला पक्राउ परेका छन्।

विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले सोमबार बिहान रसुवागढी नाकाबाट उनीहरूलाई पक्राउ गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए।

रसुवाका प्रजिअ भण्डारीका अनुसार, उनीहरूले पटुकामा बाँधेर सुन भित्र्याएका थिए। 

पक्राउ पर्नेको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । पत्रकार सम्मेलन गरेर उनीहरूलाई सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ।

प्रकाशित मिति: : 2019-11-25 12:15:18

प्रतिकृया दिनुहोस्