क्रिश ४ को लागि कलाकारको अडिसन सुरु

तस्बिरः एजेन्सी

यस वर्ष २ सुपरहिट फिल्म सुपर ३० र वारको सफलता पछि अभिनेता ऋतिक रोशनले आफ्नो अर्को फिल्मको घोषणा गरेका छैनन्।

अहिले ऋतिक आफ्नो होम प्रोडक्सन क्रिश ४ सुरु गर्ने वा अन्य प्रोजेक्टमा काम गर्ने भन्ने दोधारमा छन्।

फिल्म क्रिश ४ को लागि कलाकारको अडिसन सुरु भइसकेको छ। यो फिल्मको लागि ऋतिकले मृणाल ठाकुरको नाम सिफारिस गरेका छन्।

कृणाल ठाकुरले यसअघि सुपर ३० मा ऋतिकसँग काम गरिसकेकी छिन् र अहिले जर्सीको रिमेकका लागि शाहिद कपुरसँग तयारी गरिरहेकी छिन्।

प्रकाशित मिति: : 2019-11-25 08:01:37

प्रतिकृया दिनुहोस्