राप्रपा र राप्रपा संयुक्तले उपचुनावमा एकअर्कालाई सघाउने

फाइल तस्बिर

मंसिर १४ मा हुने उपचुनावमा राप्रपा र राप्रपा संयुक्तले आफ्नो उम्मेदवार नभएको ठाउँमा एकअर्कालाई समर्थन गर्ने भएका छन्।

प्रतिनिधिसभा सदस्यका लागि कास्की २ र प्रदेशसभा सदस्यका लागि भक्तपुर २ क, दाङ ३ ख र बाग्लुङ २ खका साथै केही स्थानीय तहमा पनि चुनाव हुँदैछ।

दुबै दलका अध्यक्षले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवार नभएको ठाउँमा अर्कोलाई समर्थन गर्न आहृवान गरेका छन्। राप्रपा अयक्ष कमल थापाले राप्रपाको उम्मेदवार नभएको ठाउँमा राप्रपा संयक्तको पक्षमा प्रचार गर्न र मत दिन पार्टी नेता कार्यकर्तालाई आहृवान गरेका छन्।

यता राप्रपा संयुक्तका अध्यक्ष पशुपतिशम्शेर राणाले पनि आफ्नो पार्टीको उम्मेदवार नभएको ठाउँमा राप्रपालाई सघाउन र मत दिन आहृवान गरेका छन्।

प्रकाशित मिति: : 2019-11-24 16:40:59

प्रतिकृया दिनुहोस्