ऊर्जामन्त्री र चिनियाँ राजदूत याङछीबीच भेटवार्ता

बिएल

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र चिनियाँ राजदूत होऊ याङछीबीच भेटवार्ता भएको छ।

सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आईतबार भएको द्धिपक्षीय भेटवार्तामा आपसी हितका साथै दुई देशबीच गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो ।मन्त्री पुनले ६० मेगावाट क्षमता भएको अपर त्रिशुली ए जलविद्युत आयोजना भर्खरै सम्पन्न भएको भन्दै त्यसमा चीन सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे

भेटमा उर्जामन्त्री पुनले नेपाल चीनबीचको ऊर्जा संयन्त्रको पहिलो बैठक सम्पन्न भइसकेको भन्दै दुवै देशबीच भएका समझदारीलाई अघि बढाउन संयन्त्रको दोस्रो बैठक छिट्टै आयोजना हुने विश्वास व्यक्त गरे।

चिनियाँ राष्ट्रपतिकै नेपाल भ्रमणका क्रममा सम्झौतामा भएको तमोर र माडी जलविद्युत् आयोजनाको काम अघि बढिरहेको भन्दै छिट्टै त्यसले मुर्त रुप पाउने मन्त्री पुनको भनाई थियो।

मन्त्री पुनले सुनकोशी-मरिन डाइभर्सन परियोजनामा चिनियाँ ऋण सहयोगका लागी अर्थमन्त्रालयमार्फत प्रक्रिया सुरु भएको भन्दै त्यसलाई छिटो अघि बढाइदिन चिनियाँ राजदूतको ध्यानआकर्षण गरे।

भेटमा चिनियाँ राजदूत यान्छीले चीन उर्जा क्षेत्रमा सहकार्यका लागी इच्छुक रहेको धारणा राखिन्। उनले चिनियाँ कामदारले ब्यहोरिरहेका भिसाको समस्या, लगानीकर्ताका नीतिगत समस्या र विजुलीको दररेटजस्ता समस्या समाधानमा ऊर्जामन्त्रीले खेलेको भूमिकाको प्रशंसा व्यक्त गरिन्।

प्रकाशित मिति: : 2019-11-24 15:28:34

प्रतिकृया दिनुहोस्