मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

प्रतिकात्मक तस्बिर

बाँकेको कोहलपुरमा शनिबार भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा कोहलपुरका स्थानीयबासिन्दा २६ वर्षीय अर्जुन खत्री रहेका छन्।

कोहलपुर नगरपालिका–११ चौराहास्थित सडकमा भे८प ९६७८ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका खत्रीको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले जानकारी दिए।

दुर्घटनामा मोटरसाइकलमा सवार कोहलपुर नगरपालिका–११ बस्ने १८ वर्षीय निराजन खत्री घाइतेभएका छन्।

उनको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ।

प्रकाशित मिति: : 2019-11-24 07:45:28

प्रतिकृया दिनुहोस्