मैदानमा पूर्वकप्तान खड्का, सन्दीप बाहिरै

फाइल तस्बिर

युएईमा जारी टी १० क्रिकेट लिगको सुपर लिग अन्तर्गत अहिले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टिमबीच प्रतिस्पर्धा भईरहेको छ ।

आबुधाबीस्थित शेख जायद स्टेडियममा पारसको टिम आबु धाबीले टस जितेको छ र पहिले ब्याटिङ रोजेको छ। सन्दीपको टिम कर्नाटका टुसकेर्सले बलिङ गरिरहेको छ।

आज पारस प्लेईङ सेटमा परेका छन् । पारस तीन खेलपछि प्लेईङ सेटमा परेका हुन्। सन्दीप भने प्लेईङ सेटमा परेका छैनन्।

सन्दीपको टिम कर्नाटका ५ खेलमा ३ अंक जोडेर पुछारमा रहेको छ। पारसको आबुधाबी भने ४ अंक जोडेर छैटौं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2019-11-22 22:04:18

प्रतिकृया दिनुहोस्