‘पागलपन्थी’ हेर्न आउने दर्शक न्यून

फाइल तस्बिर

आज शुक्रबारदेखि नयाँ बलिउड चलचित्र ‘पागलपन्थी’ रिलिज भएको छ। जोन अब्राहम, अनिल कपुर, पुलकित सम्राट, उर्वशी ढोलकिया, कृती खरबन्दा जस्ता कलाकारको अभिनय रहेको चलचित्र प्रदर्शनमा आएको हो।

बिहानी शोमा यो चलचित्र हेर्न आउने दर्शकको उपस्थिती कमजोर देखिएको छ ।

चलचित्रको गीतसंगीत र ट्रेलरले दर्शकमा कुनै उत्साह जनाउन नसकेपछि बक्स अफिस कमजोर हुने देखिएको हो। समिक्षक र दर्शकको खराब प्रतिक्रियाको असर चलचित्रको बक्सअ अफिसमा पर्ने निश्चित छ।

नायक जोन अब्राहिम पछिल्लो समय राष्ट्रियताको कथामा बनेका चलचित्रमा बढी केन्द्रित छन्। तर, यसपटक भने उनले कमेडी जनराको कथामा काम गरेका छन्।

प्रकाशित मिति: : 2019-11-22 16:49:42

प्रतिकृया दिनुहोस्