निर्माण व्यवसायीहरुद्वारा सार्वजनिक खरिद अनुगमनको कार्यालयमा ज्ञापनपत्र

बिएल

सार्वजनिक खरिद ऐन निर्माणमैंत्री बनाउन सरकारलाई दवाव दिँदै आएका निर्माण व्यवसायीहरुले सार्वजनिक खरिद अनुगमनको कार्यालयमा धर्ना दिएका छन्।

नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्वमा काठमाडौंको ताहाचालस्थित सो कार्यालयमा पुगेका निर्माण व्यवसायीहरुले सार्वजनिक खरिद ऐन निर्माणमैंत्री बनाउन दवाव दिँदै शुक्रबार बिहान एकघण्टा धर्ना दिएका हुन।

सार्वजनिक खरिद नियमावली–२०७६ मा गरिएको निर्माण कम्पनीहरुको म्याद थप र बैंक क्रेडिट लाईनसम्बन्धि व्यवस्था तत्काल संशोधन गर्न माग गर्दै उनीहरुले सरकारविरुद्ध आन्दोलन गर्दै आएका छन ।

अवरुद्ध रहेको विकास, निर्माणको कामलाई सूचारु हुने गरी आफूहरुको समस्या समाधानका लागि सहजीकरण गर्न सो अनुगमन कार्यालयका सचिव सापकोटालाई ज्ञापनपत्र बुझाइएको महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए। उनले आफूहरुको सो समस्या समाधानका लागि तत्काल वार्ता समिति गठन गर्न पनि अनुगमन कार्यालयको ध्यानाकर्षण गराएका थिए।

 

प्रकाशित मिति: : 2019-11-22 14:03:16

प्रतिकृया दिनुहोस्