मोटरसाइकल चोरीमा संलग्न एक युवा पक्राउ

प्रतिकात्मक तस्बिर

प्रहरीले मोटरसाइकल चोरीमा संलग्न एक युवालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले दैलेखको चामुण्डाविन्द्रासैनी–६ का २२ वर्षीय प्रशान्त शाहीलाई वीरेन्द्रनगरबाट पक्राउ गरेको हो।

प्रहरीले उनको साथबाट भे ९ प ८९६९ नंको मोटरसाइकल बरामद गरेको छ। शाहीले मङ्सिर १ गते प्रदेश अस्पताल कालागाउँमा पार्किङ गरिएको कर्णाली प्रदेश ३–०२, ०१०प ९४४० नंको पल्सर मोटरसाइकल चोरी गरेको खुल्न आएको छ।

प्रहरी जाँच क्रममा बुधबार सुर्खेत–जुम्ला सडकखण्डमा उक्त मोटरसाइकलको इन्जिन र च्यासिस नम्बर मिल्न गएको हुँदा प्रहरीले शाहीलाई नियन्त्रण लिएको हो।

प्रकाशित मिति: : 2019-11-22 13:33:26

प्रतिकृया दिनुहोस्