मालपोत कार्यालय सिराहाका प्रमुख घुससहित पक्राउ

प्रतिकात्मक तस्बिर

जिल्ला मालपोत कार्यालय, सिराहाका प्रमुख रामबाबु मण्डल ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले सेवाग्राहीबाट घुस लिँदालिँदै शुक्रबार विहान उनलाई कार्यालयबाटै पक्राउ गरेको हो।

कार्यालय प्रमुख सह–सचिव नारायणप्रसाद सापकोटाका अनुसार सुकुम्बासीको नाममा आएको जग्गाको विषयमा उच्च अदालत, विराटनगरले प्रमाण माग गरेपछि पीडित मालपोत कार्यालयमा पुगेका थिए।

त्यससम्बन्धी कागज माग्ने क्रममा मण्डलले कागज दिन आनाकानी गरेर रकम माग गरेको अख्तियारमा उजुरी परेको थियो।

प्रकाशित मिति: : 2019-11-22 13:24:57

प्रतिकृया दिनुहोस्