कार्तिक आर्यनकाे २८ औं जन्मदिन !

तस्बिरः एजेन्सी

बलिउडका चकलेटी अभिनेता कार्तिक आर्यनले आज आफ्नो २८ औं जन्मदिन मनाइरहेका छन्। सन् २०११ मा ‘प्यार का पञ्चनामा’ फिल्ममार्फत बलिउडमा डेब्यु गरेका थिए।

कार्त्तिकले उक्त फिल्ममा निकै नै उत्कृष्ट अभिनय गरेका थिए। त्यही कारण उनले पहिलो फिल्मबाटै दर्शकहरुको अत्यधिक माया पाए, खासगरी युवतीहरुको। आम युवतीहरुमाझ मात्र नभई बलिउडका अभिनेत्रीहरुमाझ समेत उत्तिकै लोकप्रिय छन्।

‘प्यार का पञ्चनामा’ पछि कार्त्तिकले प्यारका पञ्चनामा–२, सोनु के टीटुकी स्विटी, लुका छिप्पी आदि फिल्मले दर्शकको मन जितेका छन्।

उनले एउटा फिल्म खेलेबापत ७ करोड भारतीय रुपियाँ लिने गरेका छन् ।

उनी दुईवटा फिल्म ‘भूल भुलैया’ र ‘लव आजकल २’ मा काम गरिरहेका छन्। यसका साथै उनको फिल्म ‘पति, पत्नी और वो’ डिसेम्बरमा रिलीज हुँदैछ।

 

प्रकाशित मिति: : 2019-11-22 12:38:25

प्रतिकृया दिनुहोस्