पूर्वकप्तान पारस सम्मिलित टिम आबुधाबी र डेकन ग्लाडीयटर्सबीचको खेल नतिजा विहीन

फाइल तस्बिर

युएईमा जारी टी १० क्रिकेट लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का सम्मिलित टिम आबुधाबी र डेकन ग्लाडीयटर्सबीचको खेल नतिजा विहीन सकिएको छ।

शेख जायद स्टेडियममा बुधबार राति वर्षा वाधक बनेपछि खेल रद्द भएको छ। खेल रद्द हुँदा दुवै टिमले एक एक अंक बाडेका छन्।

आबुधाबीले दिएको १ सय १९ रनको लक्ष्यसहित ग्लाडीयटर्सले जवाफी ब्याटिङ गरिरहदा खेल वर्षाले रोकिएको थियो। वर्षाले खेल रोकिनु अघि ग्लाडीयटर्सले २ ओभर २ बलमा १ विकेट गुमाएर २५ रन बनाएको थियो।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आबु धाबीले १० ओभरमा ४ विकेट गुमाएर १ सय १८ रन बनाएको थियो।

आबुधाबीका लागि वेनी मेड्सेनले २९ रन जोड्दा लुक राइटले २३ रन बनाए। लेवीस ग्रिगोरी २० रनमा अविजित रहे।

ग्लाडीयटर्सका फावद अहमेदले २ विकेट लिए।

 

प्रकाशित मिति: : 2019-11-21 07:13:17

प्रतिकृया दिनुहोस्