कप्तान रुबिनाकाे काधमा चोट

फाइल तस्बिर

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्रीले चोट बोकेकी छिन्।

नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि बन्द प्रशिक्षणमा रहेकी कप्तान रुबिनाले काधको चोट बोकेकी हुन्।

टियु क्रिकेट मैदानमा मंगलबार प्रशिक्षणको क्रममा कप्तान रुबिनाले चोट बोकेकी हुन्। तर, कप्तान रुबिनाको चोट गम्भीर नरहेको टिमको फिजियो र प्रशिक्षकले जानकारी गराए।

उनले बिहिबारबाट आफु चोट मुक्त हुँदै प्रशिक्षणमा फर्किने बताईन्।

सागका लागि नेपाली टिमले टियु मैदान प्रशिक्षण गरिरहेको छ। साग अन्तर्गत महिला क्रिकेट पोखरामा आयोजना हुनेछ।

 

 

प्रकाशित मिति: : 2019-11-20 15:43:21

प्रतिकृया दिनुहोस्