गोरखापत्र संस्थानका उप–सम्पादक पोखरेल पक्राउ

प्रतिकात्मक तस्बिर

गोरखापत्र संस्थान, धर्मपथका तत्कालीन उप–सम्पादकमा कार्यरत बासुदेव पोखरेल पक्राउ परेका छन्।

स्नातक तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली बनाई सेवा प्रवेश तथा बढुवा लिएको आरोपमा उनलाई पक्राउ गरिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार शैक्षिक योग्यताको सम्वन्धमा परेको उजुरीउपर अनुसन्धान हुँदा तत्कालीन समयमा गोरखापत्र संस्थानका पोखरेलले त्रिभुवन विश्वविद्यालयबाट मानविकी संकायको नक्कली चारित्रिक प्रमाण पत्र पेश गरी सेवा प्रवेश लिएको खुल्न आएको थियो।

यस्तै आयोगले त्रिभुवन विश्वविद्यालयका तत्कालीन परीक्षा प्रशासन महाशाखा प्रमुख बैकुण्ठ प्रसाद थपलियाले गलत मनसायका साथ प्रमाणीकरण गरेको देखिएकोले उनिविरुद्ध पनि विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ।

प्रकाशित मिति: : 2019-11-20 11:41:19

प्रतिकृया दिनुहोस्