आरोन राम्सीको गोलमा वेल्स युरोकपमा छनोट

तस्बिरः एजेन्सी

आरोन राम्सीको गोलमा वेल्स युरोकपमा छनोट भएको छ।

मंगलबार राति भएको खेलमा हङ्गेरीलाई २–० गोल अन्तरले पराजित गर्दै वेल्स युरोकपमा छनोट भएको हो।

१५ औ मिनेटमा पहिलो गोल गरेका उनले ४७ औ मिनेटमा दोस्रो गोल गरेका थिए।

समूह ईको खेलमा वेल्सले ८ खेलबाट १४ अंक जोड्दै दोस्रो स्थानमा रह्यो।

शीर्ष स्थानको क्रोएसिया १७ अक सहित पनि युरोकपमा छनोट भयो।

हारसँगै हंगेरीको भने छनोटको सम्भावना सकिएको छ । वेल्समाथि जित निकाल्न सफल भएको भए हंगेरी युरोकपलाई छनोट हुने थियो। हंगेरीले ८ खेलबाट १२ अंक जोड्यो।

यही समूहको अर्काे खेलमा स्लोभाकियाले अजरवैजानलाई २–० ले पराजित गरेको छ।

 

 

 

प्रकाशित मिति: : 2019-11-20 07:30:57

प्रतिकृया दिनुहोस्