बझाङमा ५.७ रेक्टर स्केलको भूकम्प

फाइल तस्बिर

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङको पौवागढी क्षेत्रलाई केन्द्रविन्दु बनाएर मंगलबार साँझ भूकम्प गएको छ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार खप्तड राष्ट्रिय निकुञ्जमा पर्ने पौवागढी क्षेत्रमा ७ः१५ बजे ५.७ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्प मापन केन्द्र सुर्खेतका कर्मचारी श्रद्धा ढकालले सुदूरपश्चिमसँगै कर्णाली प्रदेशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको जानकारी दिए। भूकम्पबाट के कति क्षति भयो भन्नेबारे एकिन जानकारी प्राप्त हुन सकेको छैन।

प्रकाशित मिति: : 2019-11-19 20:16:29

प्रतिकृया दिनुहोस्