झाडूसहित पुगेका मन्त्रीको टोलीले जनकपुरमा गरे सफाइ

बिएल

प्रदेश नं.२ को अस्थायी राजधानी जनकपुरमा मंगलबार सरसफाइ  अभियान संचालन गरिएको छ। झाडूसहित पुगेका सफाइ अभियन्ताले होटल सिताशरणदेखि जिरो माइलसम्म सरसफाइ गरेका हुन्।

प्रत्येक जिल्लाका युथ लीडरशिपहरुले नेपालको प्रतिनिधित्व गरेर डेनमार्कमा ८ देशका युवाहरुसँग सहकार्य गर्दै आएका समूहले आफ्नो विदेश भ्रमणको समीक्षा र नेपालको समृद्धिमा युवा नेतृत्वको सामूहिक योगदानकोको लागी जनकपुर आएको अवसरमा सरसफाइ  गरेका हुन्।

नेपाललाई सफा र सुन्दर बनाएर अन्तराष्ट्रिय जगतमा नेपालीप्रतिको उच्च सम्मान र आन्तरिक तथा बाह्रय पर्यटकलाई आकर्षित गर्नका लागी सरसफाइ  गरिएको अभियन्ता धिरेन्द्र साहले बताए।

राष्ट्रिय सरसफाई अभियन्ता साहको संयोजकत्वमा चार प्रमुख राजनीतिक दलका (कांग्रेस, नेकपा, समाजबादी पार्टी र राजपा नेपाल)का २८ जना युवाहरुको सहभागिता भएका थिए।

सरसफाइमा प्रदेश न २ का उद्योग, वन तथा पर्यटन राज्यमन्त्री शुरेश मण्डल, समाजवादी पार्टीका संसदीय दलका उपनेता राम आशीष यादव,प्रमुख जिल्ला अधिकारी प्रदीप कणेल, सरसफाई अभियन्ता श्रुति सिंह, सरस्वती श्रेष्ठ , सामाजीक अभियन्ता वैद्यनाथ साह,बजरंग यादव, दीपक ठाकुर, राजेन्द्र यादव, जनकपुर उपमहानगर पालिका वाड नं. ७ का अध्यक्ष जानकीराम साह, वाड नं. १ अध्यक्ष शत्रुघ्न साह, वन अधिकृत शुरेश शर्मा , नेपाल प्रहरी, ट्राफिक प्रहरी, रेडक्रस जनकपुर, यंग लीडक कोर्डिनेटर सुरेन्द्र मानन्धार,पर्यटन व्यवसायी बिरेन्द्र साहको उपस्थिति थियो।

 

 

 

 

 

 

प्रकाशित मिति: : 2019-11-19 17:38:59

प्रतिकृया दिनुहोस्