कुवेतसँग नेपाल पराजित

फाइल तस्बिर

कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत कुवेतसँगको होम खेलमा नेपाल पराजित भएको छ।

भुटानको थिम्पुमा मंगलबार भएको खेलमा नेपाल कुवेतसँग १–० गोल अन्तरले पराजित भएको हो।

चाङ्लिमिथाङ रंगशालामा कुवेतलाई जित दिलाउन कप्तान बदर अल मतवाले निर्णायक गोल गरे। उनले पहिलो हाफको २८ औं मिनेटमा डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए।

यस अघि नेपाल अवे खेलमा कुवेतसँग ७–० ले पराजित भएको थियो। 

यो जितसँगै कुवेतको पाँच खेलबाट १० अंक भएको छ। चौथो स्थानमा रहेको नेपालको तीन अंक छ।

प्रकाशित मिति: : 2019-11-19 16:47:44

प्रतिकृया दिनुहोस्