नेकपा सरकारको काम जनतामाझ भण्डाफोर गर्ने कांग्रेसकाे चेतावनी (भिडियोसहित)

फाइल तस्बिर

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अहिलको सरकार जन अपेक्षा पूरा गर्न पूर्णरुपमा असफल भएको आरोप लगाएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बनेको २१ महिनाको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शर्माले यस्तो आरोप लगाएका हुन्। असफल सरकारको काम जनतामाझ भण्डाफोर गर्ने प्रवक्ता शर्माले बताए।

पत्रकार स्म्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रियताको प्रश्नमा , संविधानप्रति अपनत्वको दायरा विस्तारमा , सत्ताको सैद्धान्तिक चरित्र निक्र्योलमा, संघीयताको बाँकी कार्यभार पूरा गर्नमा, विप्लव प्रकरणमा सरकार असफल भएको बताए। त्यस्तै शान्ति सुरक्षा, मूल्य बृद्धि, धर्मको प्रश्नमा होली वाइन प्रकरण लगाएतमा पनि सरकार असफल भएको उहाले आरोप लगाए। सञ्चारकर्मीको एक जिज्ञासामा उनले कर्तव्य ज्यान मुद्दामा नख्खु कारागारमा रहेका पूर्वमन्त्री तथा कांग्रेस सांसद मोहम्मद आफताव आलमका बारेमा कानुन बमोजिम सबै प्रक्रियामा कांग्रेसले सहयोग गर्ने बताए। कानून बनाउन कांग्रेसले नै पहल गरेको भन्दै यसको पालनामा प्रतिवद्ध रहेको प्रवक्ता शर्माको भनाई छ।

उनले सरकारलाई सच्चिनका लागि दबाब दिन मतदाताका लागि उपनिर्वाचन अवसर भएको पनि बताए।
प्रवक्ता शर्माले मंसिर १४ गतेको उपनिर्वाचनको मतपरिणामले सरकार नबदले पनि सरकारको शैली बदल्न सहयोगी हुने दाबी गरे। उपनिर्वाचनको तयारीमा कांग्रेस एकतावद्ध भएको पनि शर्माले बताए। पत्रकार सम्मेलनअघि कांग्रेसले आफ्नो घोषणापत्र पनि सार्वजनिक गरेको थियो।

प्रकाशित मिति: : 2019-11-19 15:09:48

प्रतिकृया दिनुहोस्