'माछा माछा' चलचित्रले रिलिज गर्‍यो 'म्याडम म्याडम'

बिएल

‘माछा माछा’ चलचित्रले ‘म्याडम म्याडम’ बोलको आइटम गीत रिलिज गरेको छ। मंसिर २० गते रिलिज हुने चलचित्रको यो गीतमा अनुपम शर्माको संगीत र स्वरमा तयार भएको हो।

गीतको भिडियोमा नायिका श्रृष्टी श्रेष्ठले आइटम नृत्य गरेकी छिन्। शिवराम श्रेष्ठको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको गीतको भिडियोमा प्रविण सिंहको कोरियोग्राफी छ।

सिनेमा आर्टस र नौमती इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा सौगात मल्ल, नम्रता श्रेष्ठ, बिजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, प्रविण खतिवडा, सरिता गिरी, भोलाराज सापकोटा लगायतका कलाकारको अभिनय छ।

रामबाबु गुरुङ र दयाहाङ राइको लगानीमा बनेको चलचित्रमा लेखन तथा निर्देशन सुनिल गुरुङको छ। यो चलचित्र मंसिरको २० गतेबाट रिलिज हुँदैछ । चलचित्र ‘माछा माछा’ले अपहरणको कथालाई कमेडी शैलीमा प्रस्तुत गरेको छ।

प्रकाशित मिति: : 2019-11-19 11:59:57

प्रतिकृया दिनुहोस्