भारतको'बी' टिमसँग नेपाल २ विकेटले पराजित

फाइल तस्बिर

भारतमा जारी यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेट प्रतियोगिताको तेस्रो तथा अन्तिम खेलमा भारतको'बी' सँग नेपाल पराजित भएको छ ।

शुक्रबार भएको खेलमा नेपाल भारतको 'बी' टिमसँग २ विकेटले पराजित भएको हो ।

नेपालले दिएको २ सय ११ रनको लक्ष्य भारतले ४६ ओभर ३ बलमा ८ विकेट गुमाएर पुरा गर्यो ।

भारतको जितका दिभ्यनास जोशीले ५४ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कृतिक कृष्ण शेट्टिले ३९, हर्ष राजेस जम्वालले २९ र सगर सुरेन्द्र कुमार दहियाले २८ रनको योगदान गरे ।

नेपालका आकाश चन्दले ४ तथा सागर ढकालले २ विकेट लिए । यस्तै कुशल मल्ल र शेर मल्लले १/१ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर ५ बलमा अलआउट हुँदै २ सय १० रन बनायो ।

नेपालका कप्तान रित गौतमले सर्वाधिक ८४ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै शेर मल्लले ३३, हरिबहादुर चौहानले २०, आकास चन्दले १८ र कुशल मल्लले १२ रन बनाए ।

 भारतका दिभ्यनास जोशीले ३ तथा अथर्भा बिनोद अन्कोलेकरले २ विकेट हात परे ।

 

प्रकाशित मिति: : 2019-11-15 16:52:29

प्रतिकृया दिनुहोस्