उद्योगी रुप ज्योतिलाई हाजिर जमानीमा छाड्न प्रहरीलाई पत्र

फाइल तस्बिर

उद्योगी रुप ज्योतिलाई हाजिर जमानीमा छाड्न जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले प्रहरीलाई पत्र लेखेको छ।

उनीविरुद्ध मुद्दा नचलाउने निर्णय गर्दै सरकारी वकिल कार्यालयले हाजिर जमानतमा छाडिदिन पत्र लेखेको हो।

सहायक जिल्ला न्यायाधिवक्ता नुमराज खनालका अनुसार मुद्दा नचल्ने भएपछि थुनामा राख्न नमिल्ने भएकोले महान्यायाधिवक्ता कार्यालयबाट निर्णय नहुञ्जेलसम्म हाजिर जमानामा छाड्न प्रहरीलाई पत्राचार गरेको हो।

ठगी मुद्दमा उजुरी परेपछि उद्योगी ज्योति र उनकी छोरी सुरुचीलाई प्रहरीले पक्राउ गरेको थियो । तर ठगी मुद्दा दायर गर्ने व्यक्तिले जाहेरी फिर्ता लिन प्रहरीलाई पत्र दिएपछि जिल्ला सरकारी वकिल कार्यालयले ज्योतिविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको हो ।

प्रकाशित मिति: : 2019-11-15 15:50:32

प्रतिकृया दिनुहोस्