प्रदेश ३ को लोक सेवा आयोग अध्यक्षमा श्रेष्ठ सिफारिस

फाइल तस्बिर

प्रदेश ३ को लोकसेवा आयोगको अध्यक्ष नियुक्तिका लागि पूर्वसचिव सुरेशमान श्रेष्ठलाई सिफारिस गरिएको छ। मुख्यमन्त्री डोरमणि पौडेल संयोजकत्वको सिफारिस समितिले श्रेष्ठलाई अध्यक्ष नियुक्त गर्न सिफारिस गरेको हो।

अध्यक्ष र सदस्य नियुक्तिका लागि सिफारिस गर्न मुख्यमन्त्री पौडेलको संयोजकत्वमा सभामुख सानुकुमार श्रेष्ठ र प्रमुख विपक्षी दलका नेता इन्द्रबहादुर बानियाँ सदस्य रहेको समिति गठन गरिएको थियो।

सो समितिले अध्यक्षमा श्रेष्ठलाई सिफारिस गरे पनि महिलासहित अन्य दुई सदस्यको नियुक्तिको सिफारिस भने गरेको छैन। आयोगका अध्यक्ष र सदस्यहरुको नियुक्ति प्रदेश प्रमुखले गर्ने व्यवस्था छ ।

प्रकाशित मिति: : 2019-11-15 14:51:24

प्रतिकृया दिनुहोस्