कुवेतविरुद्धको दोस्रो लेगको लागि नेपाली टिमको घोषणा,खेल भुटानमा हुने

फाइल तस्बिर

विश्वकप छनोट फुटबलको दोस्रो चरण अन्तर्गत कुवेतविरुद्धको दोस्रो लेगको लागि नेपाली टिमको घोषणा भएको छ।

राष्ट्रिय टिमका मुख्य प्रशिक्षक योहान कालिनले २३ सदस्यीय नेपाली फुटबल टिमको घोषणा गरेको हो। अहिलेको टोलीमा भरत खवास पनि परेका छन्। नेपालले यहि मंसिर ३ गते भुटानमा कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ।

नेपालको पहिलो होम खेलको रुपमा रहेको यस खेल यस अघि दशरथ रंगशाला हुने तय भएको थियो। तर, पुनःनिर्माण भईरहेको नेपालको दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नबनेपछि फिफा र एसियन फुटबल फेडेरेसन (एएफसी) ले खेल न्युट्रल भेन्युमा गर्न एन्फालाई निर्देशन दिएको थियो। जस अन्तर्गत खेल भुटानमा हुन लागेको हो।

छनोटको सबै अवे खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ । समूह बी मा नेपाल समूहको चौंथो स्थानमा छ ।

 टिम नेपाल

गोलकिपरः किरण चेम्जोङ (कप्तान), विकेश कुथु, विशाल श्रेष्ठ

डिफेन्डरः सरोज दाहाल, देवेन्द्र तामाङ, अनन्त तामाङ, सुमन अर्याल, दिनेश राजवंशी, अजित भण्डारी, रञ्जित धिमाल

मिडफिल्डर ः सुनिल बल, अञ्जन विष्ट, विक्रम लामा, रवि पासवान, मिक्चेन तामाङ, रोहित चन्द, सुजल श्रेष्ठ, सन्तोष तामाङ, तेज तामाङ

फरवार्डः भरत खवास, नवयुग श्रेष्ठ, विमल घर्तिमगर र अविषेक रिजाल

प्रकाशित मिति: : 2019-11-15 14:06:36

प्रतिकृया दिनुहोस्