कर्णाली हाइड्रोपावरका लागि नदीको गहिराइ नाप्न गएको टोली दुर्घटनामा परे

बिएल

अछामको ढकारी गाउँपालिकास्थित बेतान कर्णाली हाइड्रोपावरका लागि नदीको गहिराइ नाप्न गएको टोली दुर्घटनामा परेको छ । कर्णाली नदीको गहिराइ नाप्ने क्रममा डुंगा दुर्घटना भएको हो ।

दुर्घटनामा मानवीय क्षति भएको छैन । तर, डुंगा र मोटरमा क्षति भएको अध्ययन गरिरहेको इनोभेटिभ इन्जिनियरिङ सर्भिस प्रा.लि.का म्यानेजिङ डाइरेक्टर अनुप खनालले जानकारी दिए ।

‘मोटरमा भने करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ’,खनालले भने ‘साथीहरु सबै सम्पर्कमा आइसक्नु भएको छ।’

डुंगा दुर्घटना भएपछि बेतान कर्णाली हाइड्रोपावर आयोजनाका लागि पानीको गहिराइ नाप्ने काम अहिले स्थगित गरिएको छ ।

 

प्रकाशित मिति: : 2019-11-15 13:38:13

प्रतिकृया दिनुहोस्