साविक विजेता लिभरपुल च्याम्पियन्स लिगको नकआउट चरण नजिक

तस्बिरः एजेन्सी

तीन खेलमा लगातार जित निकाल्दै साविक विजेता लिभरपुल च्याम्पियन्स लिग फुटबलको नकआउट चरण नजिक पुगेको छ ।

मंगलबार राति भएको खेलमा केआरसी जेन्कलाई २–१ पराजित गर्दै लिभपुरल अघिल्लो चरण नजिक पुगेको हो ।

लिभरपुललाई जित दिलाउन जर्जिन्हो विजनाल्डम र एलेक्स अक्सलेड चेम्बरलिनले एक एक गोल गरेका थिए ।

१४ औ मिनेटमा विजनाल्डमको गोलबाट लिभरपुलले अग्रता लिएको थियो ।

पाहुना टोलीका समाटाले ४० औ मिनेटमा खेल बराबरीमा ल्याएका थिए ।

५३ औ मिनेटमा चेम्बरलिनले घरेलु टोलीका लागि विजयी गोल गरेका थिए ।

जित सहित समूह ईमा लिभरपुलले शीर्ष स्थानमा पुगेको छ । उसले ४ खेलबाट ९ अंक जोडेको छ ।

दोस्रो स्थानको नापोलीको ८ अंक छ । जेन्क एक अंक बटुल्दै तालिकाको चौथो स्थानमा छ ।

 

प्रकाशित मिति: : 2019-11-06 06:37:45

प्रतिकृया दिनुहोस्