बुङल नगरपालिकास्थित अपरकालंगा हाइड्रोपावरको सुरुङभित्र चार जना मजदुर फसेका छन्।
सुरुङभित्र पठाइएको अक्सिजन पाइपमा अवरोध हुँदा दैलेखका कर्णबहादुर शाही र महेन्द्रबहादुर शाही, शेरसिंह धामी बझाङ र अछामका महेन्द्र साउँद फसेको डिएसिपी गणेशबहादुर बमले बताए।
डिएसिपी बमका अनुसार सुरुङभित्र उनिहरु आइतबारदेखि सुरुङभित्र फसेपछि उद्धार गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना लगायत त्यहीँका कर्मचारी खटिएका थिए । उक्त क्रममा सुरु सुरुङभित्र उद्धारको लागि खटिएका सुपर भाईजर र चालकसमेत बेहोश भएको अवस्थामा निकालिएको थियो ।उनिहरुलाई थप उचारकालागि स्थानिय अस्पालमा पुर्याइएको छ ।
फसेका उद्धार गर्न नसकेपछि काठमाडौंबाट उद्धार टोलि मगाइएको डिएसिपी बमले जानकारी दिए । उनका अनुसार हाल जिल्ला प्रहरी कार्यलयबाट ९ जना,सशत्र प्रहरी२६ जना र जिल्ला प्रशासन कार्यलयका टोली ९ जना र दिपायलबाट १७ जना सहित ५१ जना खटिएका छन् ।
काठमाडौंबाट हेलिकोप्टरमा उद्धार टोली बझाङ आइरहेको बमको भनाइ छ। घटनास्थल सदरमुकामबाट गाडीमा जाँदा ४ घण्टाभन्दा बढी लाग्ने बताइएको छ।