निजी मेडिकल कलेज ठगी प्रकरण: अझै गरेनन् अतिरिक्त शुल्क फिर्ता

काठमाडौं ।  निजी मेडिकल कलेजले अतिरिक्त शुल्क फिर्ता गर्न अझै आनाकानी गर्दै आएका छन् । सरकारले समेत पटक–पटक बढी लिएको शुल्क फिर्ता गर्न पत्राचार गरे पनि निजी मेडिकल कलेज सञ्चालकले मानेका छैनन् । बरु उल्टै विद्यार्थी भर्ना नगर्ने चेतावनी दिँदै आएका छन् ।
विद्यार्थीका अनुसार देवदह मेडिकल कलेजले ३१ करोड, चितवन मेडिकल कलेजले ६० करोड, विराट मेडिकल कलेजले ४२ करोड र नोबेल मेडिकल कलेजले ६० करोड रुपैयाँ अतिरिक्त शुल्क उठाइसकेका छन् ।
यस्तै, गण्डकी मेडिकल कलेजले ४५ करोड, नेसनल मेडिकल कलेजले ६० करोड, युनिभर्सल मेडिकल कलेजले ४५ करोड, किस्ट मेडिकल कलेजले ४५ करोड, नेपालगन्ज मेडिकल कलेजले ४५ करोड र मणिपाल मेडिकल कलेजले ३० करोड रुपैयाँ अतिरिक्त शुल्क लिएको चिकित्सा शिक्षा संघर्ष समितिले जनाएको छ ।

गण्डकी मेडिकल कलेजको हकमा गत फागुनमै एक महिनाभित्र बढी असुल गरिएको शुल्क फिर्ता गर्ने सहमति भएको थियो । तर, सो सहमति अझै कार्यान्वयनमा नआएको विद्यार्थी अनित सिन्हाले बताए ।

प्रकाशित मिति: : 2019-11-03 09:51:42

प्रतिकृया दिनुहोस्