बाहुनले हलो जोत्ने अभियानदेखि मार्क्सवादी चिन्तकसम्म

मोहन वैद्य ‘किरण’ नेपाल कम्युनिस्ट पार्टी माओवादी (क्रान्तिकारी)का महासचिव हुन् । यद्यपि, उनी अहिले राजनीतिमा त्यति सक्रिय देखिएका छैनन् । कहिलेकाहीँ सार्वजनिक कार्यक्रममा देखिनुबाहेक उनी घरमै अध्ययन र लेखनमा व्यस्त हुने गरेका छन् ।

राणाकाल, पञ्चायत, शाहवंश हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको अनुभव गरेका उनमा नेपालमा जनवादी क्रान्ति गर्ने आँट अझै मरिसकेको छैन । अर्थात्, वैद्यमा क्रान्तिको सपना अझै ज्युँदै छ ।

कतिपयले वैद्यलाई शास्त्रीयवादी नेता (जडसूत्रवादी) भन्ने आरोप पनि लगाउने गरेका छन् । यद्यपि, वैज्ञानिक समाजवादसम्म पुग्ने उत्कट अभिलाषा उनमा बाँकी नै छ । नेपाली राजनीतिका तिनै बेदागी र कतिपय कम्युनिस्ट नेताका गुरू वैद्यसँग नेपाली राजनीति, उनले देखेको क्रान्तिको सपना र कम्युनिस्ट आन्दोलनका विषयमा नवराज कुँवरले गरेको कुराकानीमा उनले जे भनेका छन्ः

प्युठान जिल्लाको खैरा म जन्मिएको गाउँ हो । १५ साउन २००३ मा म जन्मिएको हुँ । संयुक्त ब्राह्मण परिवारको पहिलो नातिका रूपमा मेरो जन्म भएको थियो । मेरो बाल्यकाल सामान्तवादी सामाजिक वातावरणमा गुज्रियो । एउटा निम्न मध्यम वर्गीय किसानको संयुक्त परिवारमा जेठो नातिको रूपमा म हुर्किएँ । बुबा संस्कृत शिक्षक भएकाले सानैदेखि संस्कृत नै अध्ययन गरें । मेरो औपचारिक शिक्षा नेपाली साहित्यमा एमए, संस्कृतमा शास्त्री हो । तर, मार्क्सवादी सौन्दर्य चिन्तन मेरो रूचिको विषय हो ।

प्रकाशित मिति: : 2019-11-03 09:16:53

प्रतिकृया दिनुहोस्