मुम्बईमा चम्किएकी ‘स्क्रिप्ट राइटर’ भन्छिन्: नेपालमै बसेर काम गर्न पाएँ हुन्थ्यो

बिएल

प्रायः कला साहित्यका कार्यक्रममा पिता अशेष मल्लका हात समाएर पुग्ने सम्पदा मल्लले लेखेकी हलिउड फिल्म 'क्याराभानको रिभ्यु' ११ वर्षमा कान्तिपुर कोसेलीमा प्रकाशित गरिन् ।

उनको केही समयपछि रेडियो नेपालमा छिरेर बाल कार्यक्रममा सहभागिता जनाउन थालिन् । विस्तारै फ्रिलाइन्सर राइटर भएर कथा लेख्न थालिन् । उनका कथाहरू छापिँदै गए । तिनै छरिएका कथाहरूलाई अनायसै एकदिन शीर्षकको कथासंग्रह निकालिन् ।

मुम्बईबाट मास्टर्स पढाइ पूरा गरेपछि महिनाको पाँच हजार तलबमा प्रोडक्सन असिस्टेन गर्ने कुरो त भयो, तर कनर्फम नगर्दै अर्का सिरियल राइटर सबा मुम्ताजको 'स्क्रिप्ट राइटर असिस्टेन'को अफर आयो ३० हजार रूपैयाँ तलबमा । मुम्बईमा रहँदा थुप्रै चर्चित फिल्मका लागि 'स्क्रिप्ट' लेखिन् ।

नेपालमा लेखनमा त्यति पैसा छैन । तर, उनी नेपालमै बसेर लेख्न चाहन्छिन् । त्यहाँ 'सेकेण्ड सिटिजन' हुनुभन्दा नेपालमा 'फस्र्ट पिपुल' भएर काम गर्ने मन भएर उनी फर्किन् । पैसा कमाउनका लागि मात्रै उनले काम गरिनन् ।

उनले सहकार्यमा काम गर्न लागिरहेकी छिन् । नेपाल र मुम्बईमा 'फोकस' गरेर काम गर्न चाहिरहेकी छिन् । उनले निरन्तर काम पाइरहेकी छिन् । राम्रै पैसा पनि दिइरहेका छन् । उनी पैसाको लोभमाभन्दा पनि नेपालमा नै बसेर राम्रो काम गर्न चाहिरहेकी छिन् ।

प्रकाशित मिति: : 2019-11-02 14:30:47

प्रतिकृया दिनुहोस्