ट्रयाक्टरको ट्रली पल्टिँदा तीन जनाको मृत्यु

प्रतिकात्मक तस्बिर

गढवा गाउँपालिका–६ मनिकापुरबाट वनभोज खाएर सोही गाउँपालिका–५ को चिसापानीबाट फर्कने क्रममा रा १ त २३९३ नम्बरको ट्रयाक्टरको ट्रली पल्टिँदा तीन जनाको मृत्यु भएको छ ।

प्रहरी प्रवक्ता विनोदविक्रम शाहका अनुसार . दुर्घटनामा परी मृत्यु हुनेमा गढवा–६ मनिकापुर निवासी टीका पुनकी ११ वर्षीया छोरी निनु पुन, सोही ठाउँका कमल परियारकी १२ वर्षीया छोरी सीमा परियार र टीकाराम पुनकी १२ वर्षीया छोरी सुनिता पुन मगर रहेका छन् ।

ट्याक्टरमा सवार २६ जना नै घाइते भएका र घाइते सबैलाई स्वास्थ्यचौकी गढवा र लमही अस्पतालमा उपचारका लागि लगिएकामा गढवाचौकीमा उपचारका क्रममा तीनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी अन्य चारजना गम्भीर र १९ सामान्य घाइते भएका छन् ।

प्रकाशित मिति: : 2019-11-01 22:21:56

प्रतिकृया दिनुहोस्