काठमाडौं-भक्तपुर हुइँकिने गंगारामकाे ‘महिला एक्सप्रेस’

काठमाडौं, कात्तिक १५ : ‘सिस्टमबद्ध भई झगडामुक्त ख्वप: यातायात तपाईंलाई स्वागत गर्दछ’ बा ४ ख २७२४ नम्बरको बस चढ्ने बित्तिकै ढोकामै लेखिएका शब्द हुन् यी।  र, गाडीकाे सिसामा लेखिएकाे छ, 'बिहान ८:३५ बजे एक समय महिला यात्रु मात्रै चढ्नुहोला।’

उपत्यकाभित्र चल्ने प्राय: सबै गाडीमा ठेलाठेल हुन्छ। अघिपछिको समयभन्दा अफिस जाने र आउने समयमा त झन उभिने ठाउँसमेत हुँदैन।

महिला, बालबालिका र वृद्धवृद्धालाई त झनै समस्या हुन्छ। यसैलाई ध्यानमा राखेर चालक गंगाराम खाइजुले बिहीबारदेखि अफिस समयमा आफ्नो बसमा महिला यात्रुमात्रै बोक्न थालेका छन्।

प्रकाशित मिति: : 2019-11-01 19:53:21

प्रतिकृया दिनुहोस्