युवतीलाई एसिड छ्यापेर फरार भएका अभियुक्त ५ वर्षपछि पक्राउ

बिएल

पाँच वर्षअघि एसिड प्रहार गरि फरार रहेका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर र बाराको टोलीले बिहीवार भारत महाराजगन्ज, अमरपर्वन वडा नम्बर ६ बस्ने राज भन्ने दिलिपराज केशरीलाई पक्राउ गरेको हो।

प्रहरीले केशरीलाई बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २३ भलोहीस्थितमा लुकिछिपी रहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

केशरीले २०७० वैशाख ९ गते बिहान करिब साढे ११ बजे मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ बस्ने एक युवतीलाई अनुहारमा एसिड छ्यापेका थिए।

अदालतबाट दोषी ठहरिए केशरीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १५ अनुसार ५ वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुनेछ।

प्रकाशित मिति: : 2019-11-01 15:56:06

प्रतिकृया दिनुहोस्