आरआर क्यम्पसका स्ववियु सहसचिव इन्द्रहाङ राई बलात्कारको आरोपमा पक्राउ परेका छन्।
काठमाडौंको माकलबारीमा आफन्तको घरमा लगेर बलात्कार गरेको पीडितको उजुरीपछि राईलाई महानगरिय प्रहरी परिसरले मंगलबार विहान पक्राउ गरेको हो।
परिसर प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार १८ वर्षिया पीडित किशोरीले सोमबार आफूमाथि राईले बलात्कार गरेको आरोप लगाएकी छन्। पीडितको बयानका आधारमा मेडिकल जाँच लगायतका अन्य अनुसन्धान भइरहेको डीएसपी बोगटीले जानकारी दिए।
सत्तारूढ नेकपाको विद्यार्थी संगठन अनेरास्ववियका केन्द्रीय सदस्य हुन्।
पक्राउ परेका राईलाई कारबाहीका लागि कुनै कसर बाँकी नराख्न अनेरास्ववियु नेता आरसी लामिछानेले प्रहरीसँग माग गरेका छन्। राईलाई संगठनले समेत निश्कासन गर्ने उनले बताए।