प्रिमियर लिग: ब्राइटनले एभर्टनलाई हरायो

Photo Credit :Gettyimages

प्रिमियर लिग फुटबलमा ब्राइटनले एभर्टनलाई पराजित गरेको छ ।

शनिबार राति भएको खेलमा ब्राइटनले एभर्टनलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।ब्राइटनको जितमा डोमिनिक कल्भर्ट लेविन,नेअल मौपभले समान एक एक गोल गरे भने एक गोल उपहार पाएको थियो । यता एभर्टनका पास्कल ग्रोस एक गोल गरेका थिए भने एक गोल उपहार पायो ।

खेलको १५ औं मिनेटमा ग्रोसले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए । तर, खेलको २० औं मिनेटमा आडम वेब्सटरले आत्मघाती गोल गरेपछि एभर्टन खेलमा फर्किएको थियो ।

पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलको ७४ औं मिनेटमा लेविनले गोल गर्दै एभर्टनलाई २–१ को अग्रता दिलाए । तर, ८० औं मिनेटमा मौपभले गोल गर्दै घरेलु टोलीलाई २–२ गोलको बराबरीमा ल्याएका थिए ।

इन्जुरी समयमा एभर्टनका लुकास डिग्नेले आत्मघाती गोल गरेपछि ब्राइटनले ३–२ को जित निकाल्यो ।

जितसँगै ब्राइटनले १० खेलबाट १२ अंक जोडेको छ । ब्राइटन लिगको १२ औं स्थानमा रहेको छ । १० खेलमा १० अंक जोडेर एभर्टन १६ औं स्थानमा रहेको छ ।

लिग अन्तर्गत नै वेष्ट ह्यामले सेफिल्ड युनाइटेडसँग १–१ गोलको बराबरी खेलेको छ ।यता वाट्फोर्डले एफसी बर्नेमाउथसँग गोलरहित बराबरी खेल्दै अंक बाडेको छ ।

प्रकाशित मिति: : 2019-10-26 23:17:03

प्रतिकृया दिनुहोस्