जर्मन बुन्डेस लिगाका साविकको विजेता वायर्न म्युनिख एफसी युनियन बर्लिनलाई हराएको छ ।शनिबार भएको खेलमा लेवायर्न बर्लिनलाई २–१ गोल अन्तरले हराएको हो ।
घरेलु मैदान एलिनाज स्टेडियममा वायर्नलाई जित दिलाउन बेन्जामिन पाभर्ड र रोबर्टो लेवान्डोस्कीले एक एक गोल गरे । बर्लिनका सेबास्टियन पोल्टेरले एक गोल फर्काए ।
खेलको १३ औं मिनेटमा पाभर्डको गोलबाट वायर्नले अग्रता बनाएको थियो । ५३ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दा वायर्नको अग्रता २–० को बन्यो ।
त्यसपछि खेलको ८६ औं मिनेटमा बर्लिनका सेबास्टियनले पेनाल्टीमा एक गोल फर्काए । तर बाँकी समयमा कुनै गोल हुन नसक्दाँ वायर्नले २–१ को जित निकाल्यो ।
जितसँगै वायर्न शीर्ष स्थानमा उक्लिएको छ ।वायर्नको ९ खेलमा १८ अंक छ । पराजित बर्लिन ७ अंक जोडेर १५ औं स्थानमा छ ।