प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले एस्टन भिल्लालाई फराकिलो गोल अन्तरले पराजित गरेको छ ।
शनिबार भएको खेलमा सिटीले घरेलु मैदानमा एस्टन भिल्लालाई ०–३ ले हराएको हो ।सिटीको जितमा रहिम स्टर्लिङ, केभिन डी ब्रुईन, गुन्डोगनले समान एक एक गोल गरे ।
दोस्रो हाफको पहिलो मिनेटमै स्टर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।६५ औ मिनेटमा ब्रुईनले सिटीको अग्रता दोब्बर पारे । गुन्डोगनले ७० औ मिनेटमा गोल गर्दै सिटीलाई ०–३ को स्थितिमा पुर्याएका थिए ।
खेल सकिन तीन मिनेट अगाडी फर्नान्डिन्हो रातो कार्ड खादै मैदान बाहिरिएपछि सिटी १० खेलाडीमा सिमित बनेको थियो ।
सिटीले १० खेलबाट २२ अंक जोड्यो । शीर्ष स्थानको लिभरपुलको २५ अंक छ । एस्टन भिल्ला ११ अंक सहित १३ औ स्थानमा छ ।